किड्स काभ्रे–४ को उपाधी अभिभाज्य, जिक्क्षेन र विलक्षणालाई

काभ्रेपलाञ्चोक/ किड्स काभ्रेको सिजन-४ को उपाधि अभिभाज्य कार्की, जिक्क्षेन लामा र विलक्षणा कँडेलले पाएका छन् ।

सिल्भर साइन इन्टरटेन्मेन्टको आयोजनामा शनिबार काभ्रेको बनेपामा सम्पन्न भएको किड्स काभ्रे–४ को ग्रान्ड फिनालेमा सिनियर बोइजतर्फ अभिभाज्य कार्की, सिनियर ग्र्लस्तर्फ जिक्क्षेन लामा र जुनियरतर्फ विलक्षणा कँडेलले पाएका हुन् ।

त्यस्तै, सिनियर बोइजतर्फ शिवांस तखाछेँ फस्ट रनर अप भए भने अश्विक श्रेष्ठ सेकेन्ड रनर अप भएका थिए । त्यस्तै, सिनियर ग्र्लस्तर्फ अंशु मानन्धर फस्ट रनर अप भइन् भने स्नेहा जिरेल सेकेन्ड रनर भएकी थिइन् ।

यस्तै, जुनियरतर्फ समिक्षा दाहाल फस्ट रनर अप भइन् भने प्रकृत कारंजित सेकेन्ड रनर अप भएका थिए । किड्स काभ्रेको सिजन ४ मा १६ जना प्रतियोगीहरु सहभागी थिए ।

प्रतियोगिताका बिजेताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए । बिजेताहरुलाई पुरस्कार प्रदान गर्दै समन्वय समितिका प्रमुख गौतमले यस प्रकारको कार्यक्रमले बालबालिकामा भएको प्रतिभा प्रष्फुटन गर्न मद्दत पु-याउने बताए ।

यस्ता प्रतिभाहरुलाई उजार्गर गराउन आवश्यक रहेको उनको भनाई थियो । बालबालिकालाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनु अहिलेको आवश्यकता भएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानले बालबालिकाभित्र रहेको प्रतिभा प्रष्फुटनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने भन्दै काभ्रेजिल्लामा यो कार्यक्रम आयोजना गरेर बालबालिकाका लागि उपयुक्त मञ्च प्रदान गरेकोमा आयोजकको प्रशंसा गरे ।

फिनालेको निर्णायकको रुपमा राजा राम गौतम, सुदिना हुमागाई र अस्मिता तिमिल्सना थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments