कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सभा सदस्य भएपछि चौँरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

चौरीदेउराली / प्रदेश सभा सदस्य निर्वाचित भएको तीन वर्षको अवधीमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाको पहलमा चौरीदेउराली गाउँपालिकामा २५ करोड ५६ लाख बराबरका विकास योजना कार्यान्वयन भएका छन् ।

केही समय बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिचाई मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका उनले समग्र जिल्लाको विकास निर्माणको पहलकदमी गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा लामा मन्त्री हुँदा काभ्रेपलाञ्चोकमा उनी मार्फत २ अर्ब १९ करोड ५५ लाख ६० हजार बराबरका योजना समावेश भएका थिए ।

उनको पहलमा चौरीदेउरालीमा आर्थिक वर्ष २०८०/८१ मा भौतिक पूर्वाधार मन्त्रालयमार्फत ५ करोड २० लाखका विभिन्न योजना समावेश भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा ८ करोड ५६ लाखका विभिन्न योजना समावेश भएका छन् ।

Lahachhap

तीमध्ये ३ करोड १२ लाख का सिँचाइ योजना, ४ करोड २६ लाखको खानेपानीका योजना, पर्यटनतर्फ ३४ लाख र भूसंरक्षण तर्फ ८४ लाखका योजना छन् । सोही आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयका योजनामा १ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ ।

लामाको पहलमा चालु आर्थिक वर्षको लागि ११ करोड ८५ लाख बराबरको योजना विनियोजन भएका छन् । सिँचाइतर्फ ४५ लाख, भौतिकतर्फ ५ करोड २० लाख, सिचाईतर्फ ३ करोड ५० लाख, पर्यटनतर्फ १ करोड ५० लाख, भूसंरक्षणतर्फ २० लाख र सामाजिक विकासतर्फ ५० लाखका योजना छन् ।

पूर्वमन्त्री लामाले पदमा हुँदा र नहुँदा पनि जिल्लाको विकासका लागि निरन्तर क्रियाशील भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments