बेथानचोकमा १६ जना एमाले छोडेर कांग्रेसमा प्रवेश

काभ्रेपलाञ्चोक/ काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न वडाबाट १६ जना एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसको चुनावी कार्यक्रममा बेथानचोक पुगेका काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार मधु आचार्यले टिका लगाएर उनीहरुलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

लामो समयदेखि नेकपा एमालेमा रहेर राजनीति गरिरहेका कुमार केसी र प्रेमबहादुर तामाङ गोलेलगायतका १६ जना सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

Lahachhap

प्रवेश गर्ने अन्यमा डम्बरबहादुर तामाङ, चन्द्रबहादुर गोले, सोनाम तामाङ, सन्देश तामाङ, अनिल तामाङ, लक्ष्मी लामा तामाङ, साहिँली तामाङ, भीम नेपाली र पदमबहादुर खत्री रहेका छन् ।

यस्तै सुशीला दमाईँ, धनमाई सुनार, सुकुदेवी नेपाली, रमिला सुनाम र शंकर नेपाली पनि कांग्रेसमा प्रवेश गरेका छन् । एमालेको राजनीतिप्रति वितृष्णा जागेर आफूहरु कांग्रेसमा प्रवेश गरेको उनीहरुले बताए ।

यसैबीच नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर २ को घरदैलो अभियान तिब्ररुपमा अघि बढीरहेको छ ।

पाँचखालबाट शुरु भएको अभियान, बनेपा, भुम्लु हुँदै बेथानचोक पुगेको हो । माघ २७, २८ र २९ गते मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडामा कार्यक्रम तय भएको कांग्रेस चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments