प्रतिनिधि सभा निर्वाचन

महिला नेतृत्वको नयाँ अनुहार: सर्लाही–१ मा नितिमा कार्कीको राजनीतिक यात्रा

सर्लाहीमा राजनीतिक चेतनाको नयाँ लहर देखिन थालेको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नितिमा कार्की महिला नेतृत्व, सामाजिक प्रतिबद्धता र व्यावसायिक अनुभवको संगमका रूपमा उदाउँदैछिन्।

Lahachhap

महिला नेत्री, समाजसेवी तथा सफल व्यवसायीका रूपमा परिचित कार्कीले राजनीतिमा नयाँ सोच, नयाँ शैली र नतिजामुखी नेतृत्व अपरिहार्य भएको बताउँदै युवाको ऊर्जा, महिलाको सशक्त उपस्थितिलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएकी छन्।

उनको राजनीतिक एजेन्डा स्पष्ट र व्यवहारिक रहेको उनी निकट स्रोत बताउँछन्।

इमानदार र पारदर्शी राजनीति, अवसरसहितको दिगो विकास, युवामैत्री नीति तथा रोजगारी सिर्जना, र महिलाको निर्णायक नेतृत्व उनका प्रमुख प्राथमिकता हुन्।

सर्लाही–१ ले भोग्दै आएका बेरोजगारी, कृषिउपजको न्यून मूल्य, युवाको पलायन, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँचको अभाव र कमजोर पूर्वाधारजस्ता समस्यालाई समाधान गर्न परम्परागत नाराभन्दा परिणाममुखी योजनामा केन्द्रित रहने कार्कीको दाबी छ।

“अब सर्लाहीलाई भाषण होइन, काम गरेर देखाउने नेतृत्व चाहिएको छ,” उनको भनाइ छ।

Lahachhap

दुई दशकदेखि व्यवसायमा सक्रिय रहँदै आएकी कार्कीले सर्लाहीको कृषिमा आधारित अर्थतन्त्र भए पनि किसानले उचित मूल्य नपाउने, कच्चा पदार्थ बाहिर पठाउनुपर्ने र स्थानीयस्तरमै उद्योगको अभाव रहेको अवस्थालाई परिवर्तन गर्ने नीति अघि सारेकी छन्।

उनका अनुसार कृषिमा आधारित उद्योगको विकासमार्फत स्थानीय रोजगारी सिर्जना, कृषिउपजको उचित मूल्य सुनिश्चित र युवालाई आफ्नै जिल्लामा अवसर उपलब्ध गराउन सकिन्छ।

“अबको राजनीति, अबको नेतृत्व र अबको समाधान ज्ञान, बौद्धिकता र युवाशक्तिको संयोजनबाट सम्भव छ,” कार्कीले जोड दिँदै आएकी छन्।

सर्लाही–१ मा महिला नेतृत्वको नयाँ अध्याय सुरु गर्ने आकांक्षासहित अघि बढेकी नितिमा कार्कीलाई परिवर्तनको प्रतीकका रूपमा धेरैले हेर्न थालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments