प्रथम पटक गौतमी र कमलानदीको संगमस्थलमा कमला सन्ध्या आरती

सिन्धुली/प्रशिद्ध एवं पवित्र कमला नदीको महिमालाई बढाउने उदेश्यले सिन्धुली जिल्लाको गौतमी र कमलानदीको संगम स्थलमा कमला सन्ध्या आरती सम्पन्न गरिएको छ ।

कमलामाई मन्दीर व्यवस्थापन समिति र कमला बचाउ अभियान जनकपुरको संयुक्त आयोजनामा सम्पन्न गरिएको सो आरतीमा स्थानीय श्रद्धालु भक्तजनहरु,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,सरकारी तथा गैह्सरकारी निकायका व्यक्तिहरु,सचारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।

आरती शुभमुहर्तका क्रममा कमला बचाउ अभियानका अभियन्ता बिक्रम यादव,कमलामाईका अभियन्ता विश्वनाथ वराल लगाएतले कमला नदीको संरक्षण गर्न सके मावन सभ्यताको रक्षा हुने बताउनु भयो ।

Lahachhap

प्रथम पटक गौतमी र कमलानदीको संगमस्थलमा संचालन गरेको आरती आगामी दिनमा समेत निरन्तर गर्ने कमलामाई व्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठले बताउनु भयो ।

सिन्धुली जिल्लाको चुरे पहाडको काखमा उद्गमस्थल रहेको कमला नदी मधेश प्रदेश हुदै भारतको विहार राज्यका विभिन्न स्थानमा समेत पवित्र देवीको रुपमा पुजिदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments