गृहमन्त्री अर्यालद्वारा काठमाडौँका कारागारहरूको निरीक्षण : कारागारको सुधारका लागि निर्देशन

काठमाडौँ/गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको स्थलगत निरीक्षण गर्नुभयो ।

गृहसचिव, गृहमन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थान विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकलगायत उच्च अधिकारीको टोली लिई कारागार निरीक्षणको लागि पुग्नुभएका मन्त्री अर्यालले दुई कारागार कार्यालयहरू र एक कारागार अस्पतालको निरीक्षणको क्रममा कारागारहरू र अस्पतालको वस्तुस्थितिबारे जानकारी लिई गर्नुपर्ने आवश्यक सुधारको लागि निर्देशन दिनुभएको हो ।

मन्त्री अर्यालले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधारगृहको निरीक्षण गर्नु भई त्यहाँ राखिएका कैदीबन्दीसँग भेट गरी उनीहरूका पीरमर्का, गुनासाहरूबारे जानकारी लिनुभयो । त्यस्तै कारागार कार्यालय डिल्लीबजारका महिला र पुरुष ब्लकहरूमा पुगी त्यहाँ राखिएका बन्दीहरूसँग समेत भेटघाट गर्नुभई राज्यका तर्फबाट बन्दीहरूलाई उपलब्ध गराइएका सुविधा प्राप्तिको अवस्थाबारे चासो व्यक्त गर्नुभयो ।

निरीक्षणको क्रममा सम्बन्धित कारागारका प्रशासकहरूले कारागारको क्षमता, भौतिक अवस्था बन्दीहरूको सङ्ख्यालगायतबारे मन्त्री अर्याललाई जानकारी गराउनुभयो । मन्त्री अर्यालले कारागारमा रहेका वृद्ध तथा दीर्घरोगी बन्दीहरूको सम्बन्धमा चिन्ता र चासो व्यक्त गर्नु भई उनीहरूको सजाय भुक्तानका सम्बन्धमा कानुनअनुसार प्राप्त हुने राहत उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले कारागारहरूको निरीक्षणपश्चात् बन्दीगृहमा मानवअधिकारको प्रत्याभूतिमा कुनै सम्झौता नगर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभयो । त्यस्तै मन्त्री अर्यालले कारागार कार्यालयहरूको भौतिक पूर्वाधार सुधार तथा अत्यावश्यक सेवाको उपलब्धताको लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्नु भई कारागार व्यवस्थापन विभागमार्फत कारागार कार्यालयहरूको सुधारको मार्गचित्र यथाशीघ्र मन्त्रालयमा पेस गर्न सम्बन्धित कारागार प्रशासकहरूलाई निर्देशन दिनुभयो ।

केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको निरीक्षण गरी मन्त्री अर्यालले अस्पतालमा उपचाररत बन्दीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिई अस्पतालको सेवालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Transforme sua sorte com o código de bônus 1bet e vença hoje

Transforme sua sorte com o código de bônus 1bet e vença hoje

अन्य न्यूजहरु

news

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

news

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

news

Transforme sua sorte com o código de bônus 1bet e vença hoje