आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा १५ जनासँग स्पष्टीकरण सोध्यो

काठमाडौँ/निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ ।

नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई सामाजिक सञ्जालमा त्यसै निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टी विरुद्ध गाली, भ्रामक वा द्वेषपूर्ण र व्यक्तिगत मानहानि गर्ने सामग्री प्रसारण गरी आचारसंहिताको उल्लङ्घन हुने कार्य गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राससलाई जानकारी दिनुभयो । जसअन्तर्गत निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ञ) र (ण) उल्लङ्घन गरेको हो वा होइन भनी उहाँलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

त्यसैगरी श्रम संस्कृति पार्टीलाई पनि आयोगले दलको लोगो, नाम, चिह्न र उम्मेदवारको तस्बिर अङ्कित टिसर्ट लगाई बालबालिकाको प्रयोग गरेर आचारसंहिताको उल्लङ्घन गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको उहाँले बताउनुभयो । यसबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लङ्घन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा निकोलस) लाई पनि आयोगले सामाजिक सञ्जाल समेतमा सार्वजनिक गरेको जुत्ता सम्बन्धमा जेनजी आन्दोलनमा रगतमा लतपतिएको भाइरल जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ता दरुपयोग भएको भनी उजुरी पर्न आएकाले आयोगले स्पष्टीकरण सोधेको छ ।

नेपाल स्वास्थ्य स्वयम्सेवक सङ्घलाई ट्रेड युनियनको अधिवेशन गर्न लागेको भन्ने विषयको उजुरी प्राप्त भएकाले यसमा के कसो भएको हो ? कुन मितिमा अधिवेशन गर्न लागेको हो भनेर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । आयोगले स्वास्थ्य स्वयम्सेवक सङ्घलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ ।

आधारभूत विद्यालय, श्रीसिया, आदर्शचोकलाई विद्यालयमा कार्यरत बालविकास शिक्षिका सन्तोषी गुप्तालाई एवं जोरजुलम करकाप प्रयोग गरी सरुवा गरिएको भन्ने व्यहोराको उजुरी प्राप्त भएकाले यस विषयमा के कसो भएको हो ? भनी स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (च) अनुसार सो विद्यालयलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ । विद्यालयलाई दुई दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । मधेसी समुदायको संस्कृति र पहिचानमाथि प्रहार, भाषिक नश्लवाद र घृणास्पद अभिव्यक्ति दिएकाले कारबाही गरी पाऊँ भन्ने विषयको उजुरी पर्न आएकाले उजुरीमा उल्लेख गरिएजस्तो अभिव्यक्ति दिनुभएको हो वा होइन भनी आयोगले स्पष्टीकरण सोधेको हो ।

यसबाट नेपालको संविधानको धारा १८, निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ठ), सोही आचारसंहिताको दफा १३ को उपदफा (१) को (ञ), मुलुकी अपराधसंहिता, २०७४ को दफा १५६ र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को पनि उल्लङ्घन भएको हो होइन भनी आयोगले बस्नेतसँग जवाफ माग गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई सार्वजनिक बहसका लागि एमाले अध्यक्षले सामाजिक सञ्जालमा राखेको विषयमा लेखेको प्रतिक्रियाका बारेमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

आयोगले यसअघि निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने दल, उम्मेदवार, सामाजिक संस्था, सरकारी निकायलगायत आठवटा निकायलाई स्पष्टीकरण सोधेको थियो ।

आजसमेत गरी आयोगले आचारसंहिता विपरीत काम गरेको उजुरी आएको भनी १५ वटा स्पष्टीकरण सोधेको छ । त्यसमध्ये हालसम्म एउटाको मात्र जवाफ प्राप्त भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

अन्य न्यूजहरु

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

news

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

news

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn