काठमाडौँका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौँ/आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको निर्वाचनको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढेको छ ।

निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ । जसका कारण अहिले मुलुक निर्वाचनमय बनेको छ । त्यसबाट संघीय राजधानी काठमाडौँ अछुतो रहने कुरै भएन ।

काठमाडौँ सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँ १० वटा निर्वाचन क्षेत्र छन् । प्रत्येक निर्वाचनमा काठमाडौँका १० वटै निर्वाचन क्षेत्रको चर्चा विशेष रहन्छ । यसपटक पनि राजनीतिक दलहरु यी निर्वाचन क्षेत्रमा आफ्नो बलियो उपस्थिति कायम गर्न हरसम्भवले प्रयास गरिरहेका छन् । अझ जेनजी आन्दोलनका कारण हुन लागेको निर्वाचनले अझ विशेष बनेको छ । त्यसको जिम्मेवारी सरकारले महिला निर्वाचन अधिकृतको काँधमा सुम्पेको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ३ की मुख्य निर्वाचन अधिकृत चमिला भट्टराईले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुहुन्छ । “काठमाडाँै सबैभन्दा ठूलो निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँका अधिकांश स्थानको जिम्मेवारी सरकारले महिलालाई सुम्पेको छ, जुन विश्वास र भरोसाले जिम्मेवारी पाएका छौँ, हामीले इमानदारिताका साथ निभाएका छौँ”, उहाँले भन्नुभयो ।

महालेखा नियन्त्रक कार्यालयका निर्देशक भट्टराई महिलाले अवसर पाउने हो भने जिम्मेवारीपूर्वक कर्तव्य पालना गर्ने बताउनुहुन्छ । खासगरी बोलीमा मिठास र भावपूर्ण व्यवहार प्रस्तुत गर्नु महिला नेतृत्वको मौलिक गुण हो भन्ने भट्टराईको धारणा छ । यसअघि स्थानीय तहको निर्वाचनमा मुख्य जिम्मेवारी लिएको अनुभव बटुल्नुभएकी उहाँले महिला नेतृत्वप्रति अरूले गर्ने व्यवहार पनि सभ्य र शालीन हुने गरेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “रिसै उठेर आउनेहरु पनि महिलाका अगाडि आएपछि शान्त भइदिनुहुन्छ, स्थानीय निर्वाचनले मलाई अझ बढी परिपक्व बनाएको छ ।”

महान्यायधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता शान्ति न्यौपानेले काठमाडौँ क्षेत्र नं २ को निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएको छ । आफूले लिएको जिम्मेवारी पूरा गर्ने मात्रै होइन, अत्यन्त सभ्य र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने मुख्य जिम्मेवारीमा उहाँ सचेत हुनुहुन्छ । परिवारको दायित्व निभाउनुका साथै अवसर पाउँदा कार्यालयले दिने हरेक कार्य कुशलताका साथ आफूले काम गर्दै आएको उहाँको भनाइ छ ।

निर्वाचन आयोगका अनुसार उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता कृष्णा भण्डारी काठमाडौँ–४ मा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्रद्धा रिजाल काठमाडौँ–५ मा मुख्य निर्वाचन अधिकृत हुनुहुन्छ ।

साथै उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता चपला पोखरेलले काठमाडौँ–६ मा, आन्तरिक राजस्व विभागका उपन्यायधिवक्ता सविता शर्मा काठमाडौँ–७ मा, रक्षा मन्त्रालयका उपसचिव सम्झना खनाल काठमाडौँ–८ मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव मेनुका घिमिरेमा काठमाडौँ–९ र सर्वोच्च अदालतका उपरजिस्ट्रार अमृताकुमारी शर्मामा काठमाडौँ,–१० को मुख्य निर्वाचन अधिकृतका रुपमा काम गरिरहनुभएको छ ।

त्यस्तै, काठमाडौँभन्दा बाहिर पर्सा–४ मा नुतन झा, सिन्धुली–१ मा निमा घिमिरे, नवलपरासी (बर्दघाट)–२ मा सर्वोच्च अदालतका उपरजिस्ट्रार सीता अधिकारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव इन्दुदेवी न्यौपाने, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१, कास्की–१ मा सर्वोच्च अदालतका इजलास अधिकृत सीता रेग्मीले मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएको छ ।

साथै मकवानपुर–१ मा जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठ, सिन्धुपाल्चोक–२ मा जिल्ला न्यायाधीश रीताकुमारी बख्रेल र बागलुङ–१ मा जिल्ला न्यायाधीश सीता शर्मा अधिकारी, भक्तपुर–२ मा राधिका सुवाल, ललितपुर–१ मा इशा सुवेदी र ललितपुर २ मा सर्वोच्च अदालतका इजलास अधिकृत सम्झना सिम्खडा पुडासैनी मुख्य निर्वाचन अधिकृत हुनुहुन्छ ।-मधु शाही/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

अन्य न्यूजहरु

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

news

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

news

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn