काँग्रेस सभापति आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ जाने

काठमाडौँ/ नेपाली काँग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ जाने भएका छन् ।

सभापति थापाको सचिवालयका अनुसार उनी अहिले बिहान १०:३० बजेको उडानबाट सिमारा हुँदै सर्लाही जान लागेका हुन्।

वारिस मार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन् ।

यसअघि काठमाडौँ-४ बाट उम्मेदवार बन्दै आएका थापा पहिलो पटक मधेश झरेका हुन् । सर्लाही-४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह र थापाबीच मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments