गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा काँग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा विजयी

काठमाडौँ / गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य चयनका लागि सम्पन्न निर्वाचनबाट दुई जना उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन परिणाम अनुसार प्रा. डा. जगत तिमिल्सिना र सम्झना देवकोटा राष्ट्रियसभाका सदस्य बनेका हुन् ।

आज सम्पन्न मतदान प्रक्रियाबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका तिमिल्सिना अन्य समूह अन्तर्गत निर्वाचित भए भने नेकपा एमालेकी उम्मेदवार देवकोटा महिला समूहबाट सफल भइन् । यस निर्वाचनमा काँग्रेस र एमालेबीच सहकार्य रहेको थियो ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार कुल ६ हजार ६९ मतभारमध्ये तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गरे भने देवकोटाले ५ हजार १४ मतभार हासिल गरिन् ।

निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट गोमा लुइँटेल घिमिरे र कपिल लामा तथा राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा र शंकरप्रसाद बराल उम्मेदवारको रूपमा प्रतिस्पर्धामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments