रोटरी इतिहासमै पहिलो ‘हाट बजार’ : दुई दिनमै ५ हजारभन्दा बढी आगन्तुकको उत्साहपूर्ण सहभागिता

काठमाडौं — रोटरी क्लब अफ मातृभूमि बालुवाटारसहित १४ वटा रोटरी क्लबहरूको संयुक्त पहलमा गठन गरिएको रोटरी एक्सन ग्रुपद्वारा आयोजित रोटरी हाट बजारको पहिलो दिन माघ १० गते शनिबार बिहान १०:३५ बजेको शुभ साइतमा रोटरी भवन, काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।

पञ्चकन्या पूजा, धिमे बाजा तथा स्वस्तिवाचनसहित प्रेसिडेन्ट एक्सन ग्रुप २०२५–२६ अन्तर्गतका अध्यक्षहरूको सामूहिक उपस्थितिमा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो। उद्घाटनसँगै करिब ३ हजार ४ सयभन्दा बढी आगन्तुकहरूको उल्लेखनीय सहभागिता देखिँदा सम्पूर्ण रोटरी हाट बजार क्षेत्र उत्साह, उमंग र खुसीले भरिएको थियो।

Lahachhap

रोटरीको इतिहासमै पहिलोपटक आयोजना गरिएको यस हाट बजारलाई आगन्तुकहरूले अनौठो तथा अविस्मरणीय अनुभवका रूपमा लिएको आयोजकमध्येका रोटरी क्लब अफ मातृभूमि बालुवाटारका अध्यक्ष निर्मल ढकालले बताएका छन्। कार्यक्रममा सहभागी आगन्तुकहरू अत्यन्त हर्षित देखिन्थे।

Lahachhap

त्यसैगरी, दोस्रो दिन माघ ११ गते पनि करिब १ हजार ९ सयभन्दा बढी आगन्तुकहरूको सहभागिता रह्यो। यस दिन हाट बजारमा स्थानीय उत्पादन, घरेलु तथा स्थानीय परिकार, कर्पोरेट स्टल, आयुर्वेदिक उत्पादनहरू प्रस्तुत गरिनुका साथै Play with Clay, म्याजिक शो, पेन्टिङ, पब्लिक स्पिकिङ, विभिन्न प्रतिस्पर्धा, कविता वाचन, गीत तथा नृत्यजस्ता सिर्जनात्मक र मनोरञ्जनात्मक कार्यक्रमहरू सम्पन्न भए। एउटै स्थानमा विविध अनुभव लिन पाउनु नै रोटरी हाट बजारको मुख्य आकर्षण बनेको आयोजकको भनाइ छ।

Lahachhap

कार्यक्रमले विभिन्न रोटरी क्लबहरूबीच आपसी भेटघाट, अनुभव साटासाट र सहकार्यको भावना थप मजबुत बनाएको समेत उल्लेख गरिएको छ। सामूहिक प्रयास, एकता र सेवाभावको उत्कृष्ट उदाहरणका रूपमा रोटरी हाट बजार स्थापित हुन सफल भएको आयोजकहरूको निष्कर्ष छ।

कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण आयोजक टिम, रोटरी, रोट्र्याक्ट, इन्ट्र्याक्ट, स्वयंसेवकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्। साथै, व्यापक सहभागिता जनाउँदै कार्यक्रमको शोभा बढाइदिने सम्पूर्ण महानुभावहरूप्रति रोटरी हाट बजार आयोजक टिम तथा रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५–२६ ले धन्यवाद ज्ञापन गरेका छन्।

सम्बन्धित समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments