जनमुखी सहकारीको नेतृत्वमा न्यौपाने, ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित

धुलिखेल/ जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धुलिखेल–८ को १८औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष उद्धवप्रसाद बडालको सभापतित्वमा सम्पन्न साधारणसभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ।

साधारणसभाबाट रमेशप्रसाद न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्णबहादुर भुजेल, सचिवमा गणेशप्रसाद बडाल र कोषाध्यक्षमा पार्वती के.सी. चयन भएका छन्। सदस्यहरूमा जानुका चौलागाईं, चाँदनी चौलागाईं, प्रल्हाद बडाल, रामहरि बडाल र राजकुमार मिजार रहेका छन्।

त्यस्तै, दामोदर बडालको संयोजकत्वमा नवराज हुमागाईं र प्रतिमा बडाल सदस्य रहेको लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको छ।

कार्यक्रममा सञ्चालक समिति सदस्य गणेशप्रसाद बडालले स्वागत मन्तव्य राखेका थिए भने सचिव रमेशप्रसाद बडालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आगामी आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गरे। कोषाध्यक्ष रमेशप्रसाद न्यौपानेले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनसँगै आगामी वर्षको बजेट साधारणसभामा पेश गरेका थिए।

संस्थाको हालको शेयर पूँजी ३१ लाख ४८ हजार ६ सय रुपैयाँ रहेको छ भने कुल कारोबार २ करोड ६४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ पुगेको जानकारी दिइयो।

निर्वाचन उपसमिति संयोजक (अधिकृत) साधुराम बडाल तथा सदस्यहरू कृष्णप्रसाद शर्मा र शिव चौलागाईंले नवनिर्वाचित नेतृत्वको औपचारिक घोषणा गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक नवराज बडालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments