चिनौं उम्मेदवार

युवाहरुवीच लोकप्रिय बनेका युवा उम्मेदवार अमित लामा

काभ्रेपलाञ्चोक/रोशी गाउँपालिका–१ (साविक खहरेपाँगु–९) का अमि तामाङ अर्थात् अमित लामा । सानै देखि समाजसेवामा रमाउने र राजनीति प्रति झुकाव राख्थे । अति सामान्य परिवारका सदस्य लामा परिवारसँगै आफ्नो दुःख पनि निवारण गर्नुपर्ने चुनौतीका बीच उनले उद्यमशील जीवन रोजे । त्यसले उनलाई सधैं आत्मनिर्भर बनाइरह्यो ।

व्यवसायिक जीवनकै बीचमा उनले नेकपा (एमाले) को यात्रा रोजे । युवा उमेरमै उनले रोजेको त्यो बाटो उनका निम्ति कहिले सहज बने त कहिले कष्टकर । तर, जस्तै दुःख–सुख व्यहोरे पनि एमालेसँगको यात्रालाई यसरी गति दिए कि, त्यसक्रममा उनका कतिपय व्यक्तिगत जीवनका इच्छा, व्यवसायिक क्षेत्रका समय पनि माया मारे ।

युवा संघको तल्लो कमिटी हुँदै केन्द्रीय सदस्य, कोषाध्यक्ष र तीन कार्यकाल उपाध्यक्ष भएर उनी अहिले पूर्णकालीनरूपमै पार्टी काममा छन् । केहि समय कार्यवाहक अध्यक्ष पनि भए । एमाले काभ्रे जिल्ला कमिटीमा ३ कार्यकालयता विभिन्न जिम्मेवारी सम्हाल्दै लामा प्रदेश कमिटी सदस्य थिए । प्रदेश कमिटी सदस्य रहँदै उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

Lahachhap

पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भए लगत्तै उनले देशभरका युवालाई एमालेतर्फ अझ बढी आकर्षित गराउने योजना सुनाएका थिए ।

‘युवाहरू रचनात्मक, सिर्जनशील र आत्मनिर्भर हुनुपर्छ भन्ने मेरो एजेण्डा हो’– उनले भने – ‘एमाले युवाहरूलाई पिछलग्गु बनाउने पार्टी होइन, भूमिका र जिम्मेवारीसहित देश निर्माणमा अगाडि बढाउने पार्टी हो भन्ने कुरा देशभरका युवाबीच म स्थापित गराउन चाहन्छु । आगामी निर्वाचनमा मेरो उम्मेदवारी पनि त्यसै कारणले हो ।’

नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा अमित लामा सहितका युवाहरुले त्यसको आयोजना र व्यवस्थापनको जिम्मेवारी पुरा गरेका थिए । जेन–जी आन्दोलनपछि राजनीतिक दलका मुख्य मुख्य नेता सुरक्षा चुनौतीमा गुज्रिँदा अमित सहितका युवाहरूले आफ्नो पार्टीका अध्यक्ष ओलीका निम्ति आफैँले अलग्गै सुरक्षा दस्ता बनाए ।

नेतामात्र सुरक्षा चुनौतीमा रहेनन्, राजनीतिक दलका गतिविधि पनि एक किसिमले वर्जित गरिएको स्थिति थियो । कुनै ठूलो कार्यक्रम गर्नुपरेमा सुरक्षा निकायले त्यस्तो नगर्न र त्यस्तो गरिँदा स्थिति भड्किएमा सुरक्षा दिन नसक्नेसम्मका चेतावनी दिँदै रह्यो ।

तर, अमितले आफ्नो पार्टी, अध्यक्ष र उक्त पार्टीको केन्द्रीय कमिटीको बैठकको सुरक्षासहित सम्पूर्ण व्यवस्थापनको जिम्मा लिए । देखिँदा उनी एमालेका एकजना मामुली कार्यकर्ता हुन् । तर, भूमिकाका हिसाबले त्यस्तो चुनौतीपूर्ण परिस्थितिमा उनले आफ्नै व्यवसायिक स्थल, व्यक्तिगत समय र सम्भावित खतराहरु मोल्न कुनै हिच्किचाहट राखेनन् ।

Lahachhap

नेकपा एमालेको असोज २९, ३० र ३१ गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठक ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा सम्पन्न भएको थियो । उक्त पार्टी प्यालेस उनकै लगानीमा सञ्चालित छ । त्यसबेला सुरक्षा निकायले त्यस किसिमको ‘तामझामपूर्ण’ कार्यक्रम नगर्न एमाले, कांग्रेससहितका दललाई चेतावनी दिएको थियो । तर, लामाले त्यसका कारण उत्पन्न हुने जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको भन्दै आफ्नो व्यवसायिक स्थल पार्टी बैठकका निम्ति दिएका थिए । अध्यक्ष ओलीको सुरक्षा त उनकै जिम्मेवारीमा छँदै थियो ।

स्थानीय विद्यालयमा विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएर समेत काम गरेका छन् । सामाजिक अभियानमा सक्रिय लामाले गरिव, जेहेन्दार तथा असाहयहरुका लागि सहयोग पनि गर्दै आएका छन् । राजनीतिक, सामाजिक र ब्यवसायीक जीवनमा सक्रिय लामा पछिल्लो समय युवाहरुको आर्कषण पनि बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments