टाटा पेन्ट्सको २२ वर्षे यात्रा: स्वदेशी उद्योगबाट विश्वासिलो ब्रान्डसम्म, नायिका श्रृष्टी खड्का ब्रान्ड एम्बेसडर नियुक्त

चितवन — स्वदेशी पेन्ट उद्योगको अग्रणी नाम टाटा पेन्ट्स एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि. ले स्थापनाको २२ वर्ष पूरा गर्दै नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ। चितवनको भरतपुरबाट सुरु भएको कम्पनी आज गुणस्तर, विश्वसनीयता र दीर्घकालीन प्रतिबद्धताको प्रतीकका रूपमा स्थापित भएको छ।

आचार्य होल्डिङ अन्तर्गत सञ्चालित टाटा पेन्ट्सले टाटा ब्रान्डमार्फत ७ वर्ष, १० वर्ष तथा नेपालमै पहिलो पटक १३ वर्षे ग्यारेन्टी सहितका पेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले आईएसओ प्रमाणपत्र तथा नेपाल गुणस्तर (NS) चिन्ह प्राप्त गरिसकेको छ, जसले स्वदेशी उत्पादनले पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विश्वास जित्न सक्ने क्षमता राख्दछ भन्ने सन्देश दिएको छ।

कम्पनीकी अध्यक्ष विमला आचार्यको दूरदर्शी नेतृत्व र प्रबन्ध निर्देशक प्रकाश आचार्यको सक्रिय व्यवस्थापनमा टाटा पेन्ट्सले गुणस्तर, प्रविधि र नवीनतालाई व्यवसायिक रणनीतिको केन्द्रमा राख्दै उद्योग क्षेत्रमा आफ्नो बलियो पहिचान बनाएको छ। “हामी रंगान्छौं नेपाललाई!” भन्ने नारामार्फत कम्पनीले स्वदेशी उत्पादन र राष्ट्रप्रतिको प्रतिबद्धतालाई निरन्तर अघि सारेको छ।

ब्रान्ड विस्तार रणनीतिअन्तर्गत टाटा पेन्ट्सले चर्चित नायिका तथा मोडल श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ। यस सम्बन्धमा प्रबन्ध निर्देशक प्रकाश आचार्य र नायिका खड्काबीच तीन वर्षे सम्झौता भएको छ। कम्पनीका अनुसार खड्काको लोकप्रियता, विश्वासिलो छवि र सार्वजनिक प्रभावले टाटा पेन्ट्सको ब्रान्ड सन्देशलाई उपभोक्तामाझ अझ प्रभावकारी रूपमा पुर्‍याउने अपेक्षा गरिएको छ।

समयअनुकूल प्रविधि, गुणस्तर र ग्राहक विश्वासलाई निरन्तर सुदृढ गर्दै आएको टाटा पेन्ट्स आज केवल पेन्ट उत्पादन गर्ने कम्पनीमा सीमित छैन, बरु स्वदेशी उद्योगको सम्भावना र गर्वको प्रतिनिधि ब्रान्डका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments