भावी प्रधानमन्त्रीमा सभापति गगन थापालाई अघि सारे पछि महामन्त्री पौडेलले भने, देश परिवर्तनको यात्रामा सँगै सहकार्य गरौं

काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकसँग अपिल गरेका छन् । पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेलगत्तै सामाजिक सञ्जालमा भिडियो जारी गर्दै उनले आम कार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएको भन्दै अब देश परिवर्तनको यात्रामा सँगै सहकार्य गर्न सबैमा अपिल गरेका हुन् ।

नेपाली कांग्रेसभित्र हामीले विगतमा पार्टी रुपान्तरणको विषयलाई पैरवी गरिरह्यौं । हामीले नेतृत्व परिवर्तन र नीति परिवर्तनका विषयहरु निरन्तर उठाइरह्यौं । आज नेपाली कांग्रेस पार्टीमा विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति दुवै परिवर्तन भएको छ,’ उनले भने,‘हामीले कांग्रेस मात्र परिवर्तन गर्न खोजेको होइन । देशलाई पनि कांग्रेसका माध्यमबाट परिवर्तन गर्न खोजेका हौं ।’

आम नेपाली कांग्रेसका साथीहरु र मतदाताहरुको चाहना बमोजिम नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई फागुन २१ गतेको निर्वाचनपश्चात हामीले प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले भने,‘मलाई विश्वास छ देश परिवर्तनका निम्ति यो हाम्रो निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुनेछ ।’

परिवर्तित कांग्रेसले देश परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेको उल्लेख गर्दै उनले देश परिवर्तनका निम्ति यो हाम्रो निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास गरे । ‘जसको नीति त्यसकै नेतृत्व हाम्रो प्रतिबद्धता हो,’ उनले भनेका छन्, ‘त्यसअनुसार कांग्रेसलाई नीतिगत पक्षबाट बदल्ने, नेतृत्वगत पक्षबाट बदल्ने र दुवै पक्षबाट बदलिएको कांग्रेसले देश बदल्ने अठोटमा यहाँहरुको साथ रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

विज्ञप्ति

जय नेपाल
नेपाली कांग्रेसभित्र हामीले विगतमा पार्टी रुपान्तरणको विषयलाई पैरवी गरिरह्यौं । हामीले नेतृत्व परिवर्तन र नीति परिवर्तनका विषयहरु निरन्तर उठाइरह्यौं । आज नेपाली कांग्रेस पार्टीमा विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति दुवै परिवर्तन भएको छ । अब फेरि पनि हाम्रो अर्को अनुरोध छ ।

हामीले कांग्रेस मात्र परिवर्तन गर्न खोजेको होइन । देशलाई पनि कांग्रेसका माध्यमबाट परिवर्तन गर्न खोजेका हौं । त्यसकारण अब कांग्रेस परिवर्तित भएको छ । परिवर्तित कांग्रेसले देश परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित हामीले देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेका छौं ।

अर्थात आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेको छ । आम नेपाली कांग्रेसका साथीहरु र मतदाताहरुको चाहना बमोजिम नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई फागुन २१ गतेको निर्वाचनपश्चात हामीले प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय गरेका छौं ।

मलाई विश्वास छ देश परिवर्तनका निम्ति यो हाम्रो निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुनेछ । जसको नीति त्यसकै नेतृत्व हाम्रो प्रतिबद्धता हो । त्यसअनुसार कांग्रेसलाई नीतिगत पक्षबाट बदल्ने, नेतृत्वगत पक्षबाट बदल्ने र दुवै पक्षबाट बदलिएको कांग्रेसले देश बदल्ने अठोटमा यहाँहरुको साथ रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद
जय नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments