सुन तोलाको तीन लाख नाघ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । आज सुन तोलामा नौ हजार दुई सय रुपैयाँले बढेर तीन लाख एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३२० रुपैयाँले बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments