‘लोकतान्त्रिक गणतन्त्र’, ‘संविधानसभा’ र ‘माओवादीसँग वार्ता गरी शान्ति स्थापनाको पहलकदमी’ जस्ता महत्वपूर्ण निर्णय गराउन सफल
काभ्रेपलाञ्चोक/पुस्तान्तरण र वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी रूपान्तरणको आवाज शसक्त उठाएर स्थापित गर्न सफल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ उम्मेदवार छन् ।

भदौ २३ र २४ गते जेन्जी युवाहरुको भावना र मुद्दाहरु पार्टी भित्र र बाहिर उठाउने भन्दै उनले युवाहरुले चाहेको सुशासन, विकास, भ्रष्ट्राचारमुक्त समाज, पारदर्शिता कायम गर्नुका साथै अनावश्यक दलीयकरणको अन्त्य र जनतालाई प्रतिफल दिन नयाँ ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
दलहरुमा रहेको पुरातन सोच, कार्यशैली परिवर्तन गर्न आफूले पार्टीभित्र संघर्ष गरेको बताउँदै उनले नेपाली कांग्रेसलाई सोही ढंगमा रुपान्तरण गरेको र मुलुक पनि रुपान्तरण गर्ने भावनाका साथ मतदाताबिच जाने बताए ।
काभ्रेपलाञ्चोकको समग्र विकास, सुशासन र परिवर्तन हामी सबैको साझा अभियान रहेको भन्दै उनले क्षेत्र नं २ को भविष्य उज्ज्वल बनाउन र यहाँका हरेक नागरिकको आवाज संसदमा बुलन्द पार्न सधैं प्रतिबद्ध रहने बताए ।
आधुनिक कृषि प्रणाली र सडक सञ्जालको विस्तार, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवामा सबैको पहुँच, स्थानीय स्रोत र साधनको उपयोग गरी युवाहरूका लागि रोजगारीका अवसर सिर्जनाका साथै पारदर्शी र उत्तरदायी राजनीतिको सुरुवात आफ्नो प्रमुख संकल्प रहेको बताए ।
जनताको सेवा सधै सडकमा रहेका इञ्जिनियर
२०३३ सालका राजनैतिक बन्दीका रूपमा ठूलोबुबा (प्रेम प्रसाद आचार्य) लाई धुलिखेल जेलमा गएर भेटेपछि उनको विद्रोही आगो झनै रन्कियो । प्रजातन्त्र सेनानी रहेका बाबु ध्रुवप्रसाद आचार्य समेतको प्रेरणाले राजनीतिमा होमिएका उनको २०३५/३६ सालको विद्यार्थी आन्दोलनमा काठमाडौ लैनचौरस्थित शान्ति विद्यागृह (अस्कल क्याम्पस नजिकै, लैनचौर) को ने. वि. संघ इकाई सचिवका रूपमा उनको भूमिका सशक्त बन्यो ।
त्यस लगतै बहुदलको प्रचारप्रसारमा उनी गाउँ फर्किए । प्रथम श्रेणीमा एसएलसी उत्र्तीण गरेका मधु त्यसपछि अमृत साइन्स क्याम्पस हुँदै कोलम्बो प्लान अन्तर्गत भारतको इलाहावादमा सिभिल इन्जिनियरीङ्ग अध्ययन गर्न पुगे र ‘नेपाली विद्यार्थी संघ’ को शाखा अध्यक्ष हैसियतमा भारतका विभिन्न शहरहरूमा पुगी प्रजातन्त्र पूनस्र्थापनाका लागि नेपालीहरूलाई गोलबद्ध गर्न लागे ।

प्रथम श्रेणीमा इन्जिनियरीङ्ग पास गरेर फर्किएका मधु जागिरको खोजीतिर नलागी पंचायती व्यवस्थाको अन्त्य गरी बहुदल पुनर्स्थापनाको आन्दोलनमा पुरै होमिए ।
तत्कालिन समयमा नेपाली कांग्रेस संवैधानिक राजतन्त्रको पक्षमा रहँदैका अवस्थामा पनि मधु आचार्य गणतन्त्रको पक्षमा खरोसँग उभिएका थिए ।
पहिलोपटक नेपाली कांग्रेस काभ्रेको जिल्ला सभापति रहेका वेला २०६० तिर देशभरीका जिल्ला सभापतिहरूको भेला गराई ‘लोकतान्त्रिक गणतन्त्र’, ‘संविधानसभा र ’माओवादीसँग वार्ता गरी शान्ति स्थापनाको पहलकदमी’ जस्ता महत्वपूर्ण निर्णय गराउन सफल भएका थिए ।
नरहरि आचार्य, गगन थापासँग पार्टी मित्र ’लोकतान्त्रिक गणराज्यका लागि कांग्रेस अभियान’ मा उनी सकृय थिए ।

मधु आचार्यले सडक, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य, संचार आदिका क्षेत्रमा निरन्तर योगदान दिएका छन् ।
बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालको स्थापना मार्फत लाखौ आँखा रोगीहरूलाई प्रदान गरेको उपचार सुविधामा उनी अध्यक्षको रुपमा नेतृत्व गरिरहेका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित