निर्वाचनको वहानामा विकासका काममा ढिलासुस्ती नगर्न मुख्यमन्त्रीको निर्देशन

निर्वाचन आचारसंहिताले नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने उहाँले प्रष्ट्याउनुभयो ।

कर्णाली / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आसन्न फागुन २१ गते हुने निर्वाचनको वहानामा विकासका काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश सरकारअन्तर्गत मन्त्रालयहरूको आजदेखि सुरु भएको अर्धवार्षिक समीक्षामा बोल्दै मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाह रोक्न नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई वहाना चाहिएको छ । निर्वाचनको वहाना बनाएर विकासका काम रोकिनु हँुदैन र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य हुँदैन ।” उहाँले मन्त्रालय अन्तर्गतका कामको समय तालिका निर्माण गरिएको भए पनि तालिका अनुसार काम नभएकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।

निर्वाचन आचारसंहिताले नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने उहाँले प्रष्ट्याउनुभयो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो । समयमै खर्च र लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो । जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमासमेत छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments