धुलिखेल अस्पतालमा ‘नेचर मीट्स साइन्स’ : स्याहार प्लान्ट–बेस्ड स्किनकेयर एक्स्पो सम्पन्न

काभ्रेपलाञ्चोक/ धुलिखेल अस्पतालले अष्ट्रेलियाको टोरेन्स युनिभर्सिटीसँगको सहकार्यमा आफ्नै प्लान्ट–बेस्ड स्किनकेयर ब्रान्ड ‘स्याहार’ को स्किनकेयर एक्स्पो आयोजना गरेको छ। ‘नेचर मीट्स साइन्स’ अवधारणामा आधारित उक्त एक्स्पो धुलिखेल अस्पताल परिसरमा सम्पन्न भएको हो।

प्रकृति र विज्ञानको संयोजनमार्फत विकास गरिएका स्याहारका स्किनकेयर उत्पादनहरू वैज्ञानिक रूपमा प्रमाणित, सावधानीपूर्वक तयार गरिएका र मानव छालामैत्री रहेको अस्पतालले जनाएको छ। जडीबुटी तथा रैथाने वनस्पतिहरूको प्रयोगबाट तयार गरिएका यी उत्पादनहरूले छालालाई स्वस्थ, उज्यालो र चम्किलो बनाउन सहयोग गर्ने विश्वास लिइएको छ।

Lahachhap

जाडो मौसमलाई लक्षित गर्दै स्याहारले छाला सम्बन्धी थप नयाँ स्किनकेयर उत्पादनहरू पनि बजारमा ल्याएको छ। छाला तथा यौन रोग विशेषज्ञ चिकित्सकहरूका अनुसार स्याहारका अधिकांश उत्पादनहरू गुणस्तरीय, सुरक्षित र मानवीय छालासँग अनुकूल छन्। मूल्य र गुणस्तरका हिसाबले भारतीय तथा अन्य व्यावसायिक कम्पनीका उत्पादनहरूभन्दा स्याहारका प्रोडक्टहरू किफायती र प्रभावकारी रहेको उनीहरूको भनाइ छ।

स्याहार कम्पनीका उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्थानीय कृषकहरूबाट संकलन गरिँदै आएको छ भने उत्पादन प्रक्रियामा समुदायका महिलाहरूलाई समेत समेटिएको छ। यसले स्थानीय अर्थतन्त्र र महिलाको आत्मनिर्भरतामा योगदान पुर्‍याउँदै आएको छ। त्यसैले स्याहारका उत्पादन खरिद गर्दा अप्रत्यक्ष रूपमा नेपाली समुदाय, विशेषगरी महिलाहरू लाभान्वित हुने आयोजकको भनाइ छ।

Lahachhap

स्याहारका एडमिनिस्ट्रेटिभ अफिसर सचिन माकजूका अनुसार, उत्पादन बिक्रीबाट संकलित रकम धुलिखेल अस्पताल तथा यसका आउटरिच सेन्टरहरूमा उपचारका लागि आउने गरिब र आर्थिक रूपमा विपन्न नागरिकहरूको स्वास्थ्य सेवामा खर्च गरिनेछ। उनले स्याहारका सबै उत्पादनहरू पूर्ण रूपमा वनस्पतिमा आधारित रहेको, कुनै पनि जनावरजन्य वस्तु प्रयोग नगरिएको तथा उत्पादन परीक्षणका क्रममा जनावरमाथि कुनै किसिमको प्रयोग वा पीडा नदिइएको स्पष्ट पारे।

यसैबीच, स्याहारको अर्को स्किनकेयर एक्स्पो माघ ९ गते ललितपुरको पुल्चोकस्थित लबिम मल मा आयोजना हुने जानकारी दिइएको छ। एक्स्पो अवधिभर स्याहारका उत्पादनहरूमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। आयोजकले छाला स्वास्थ्य र प्राकृतिक स्किनकेयरप्रति चासो राख्ने सबैलाई एक्स्पोमा सहभागी भई स्वदेशी, गुणस्तरीय र मानवमैत्री उत्पादन प्रयोग गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments