काँग्रेस विवाद

सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार

काठमाडौँ / सर्वोच्च अदालतले काँग्रेस विशेष महाधिवेशनबाट नवनिर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय रोक्नुपर्ने माग अस्वीकार गरेको छ । 

आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले तत्काललाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा डाकेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मंगलबार (माघ ६) अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

सर्वोच्चको आदेशपछि थापा नेतृत्वको कार्यसमितिलाई काम मार्गप्रशस्त भएको छ । 

Lahachhap
काँग्रेस विशेष महाधिवेशनबाट नवनिर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अवैध रहेको दाबीसहित रिट दायर भएको थियो । 

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिने गरी निर्णय गरेपछि देउवा र खड्का सर्वोच्च पुगेका थिए । 

सर्वोच्चको आदेश

Lahachhap
Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments