अबिच्यूरी

राजनीतिलाई कहिल्यै व्यक्तिगत लाभको साधन नबनाएका सादगी नेताको अवसान

काभ्रेपलाञ्चोक/ काभ्रेली कम्युनिष्ट आन्दोलनका धरोहर, पूर्व राज्यमन्त्री तथा सिद्धान्तनिष्ठ राजनीतिक नेता गोविन्दनाथ उप्रेतीको निधनसँगै नेपाली राजनीतिले एक इमानदार र जनपक्षीय व्यक्तित्व गुमाएको छ। लामो समयदेखि बिरामी भई अशक्त रहेका उप्रेतीको भुम्लुस्थित आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ।

पटक–पटक सांसद र राज्यमन्त्रीको जिम्मेवारी सम्हाले पनि उनले राजनीति कहिल्यै व्यक्तिगत लाभ, पद वा सुविधाको साधन बनाएनन्। यही कारण उनी समर्थक मात्र होइन, राजनीतिक दृष्टिले फरक धारका व्यक्तिहरूबाट समेत आदर पाउने नेता थिए।

Lahachhap

उप्रेती इमानदार राजनीति, साहसी नेतृत्व र सर्वहारा वर्गप्रतिको अटुट निष्ठाका कारण जनतामाझ अत्यन्त सम्मानित थिए। पञ्चायतकालदेखि प्रजातान्त्रिक व्यवस्थासम्म आइपुग्दा उनले निरन्तर जनताको मतबाट प्रतिनिधित्व गर्ने अवसर पाए।

उनको जीवनशैली सादगीको उदाहरणका रूपमा लिइन्थ्यो। सार्वजनिक सवारीसाधनमा सामान्य यात्रु सरह यात्रा गर्ने, जनतासँग प्रत्यक्ष संवादमा रमाउने र शक्तिभन्दा सिद्धान्तलाई प्राथमिकता दिने उनको व्यवहारले उनलाई ‘जनताको नेता’ बनाएको थियो। सत्ता र सुविधाको नजिक रहे पनि उनले सरल जीवन र स्वच्छ राजनीतिक आचरणलाई कहिल्यै त्यागेनन्।

Lahachhap
बिरामी भइ उपचाररत रहेका बेला नेता उप्रेतीलाई उपचारमा कमी हुन नदिन धुलिखेल अस्पताल निर्देशन दिएलगत्तै स्वास्थ्यलाभको कामना गर्दै धुलिखेलका मेयर अशोक ब्यान्जु । धुलिखेल स्वास्थ्य शहर घोषित भइसकेको छ ।

उप्रेतीको निधनले काभ्रे मात्र होइन, समग्र नेपाली राजनीतिमा इमानदार, सिद्धान्तनिष्ठ र साहसी नेतृत्वको अभाव महसुस भएको छ। विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा सर्वसाधारणले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक अभ्यास र जनमुखी राजनीतिमा उनको योगदान अविस्मरणीय रहने बताएका छन्।

स्व. गोविन्दनाथ उप्रेतीको साहस, निष्ठा र जनपक्षीय राजनीतिक यात्राले भावी पुस्तालाई सधैं मार्गदर्शन गर्नेछ। उनी जति पदभन्दा विचार, सुविधा भन्दा जनताको विश्वास र स्वार्थभन्दा राष्ट्र र समाजलाई माथि राख्ने राजनीतिक संस्कारका प्रतीकका रूपमा नेपाली इतिहासमा स्मरणीय रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments