उम्मेदवार चयनलाई समावेशी र सन्तुलन गर्ने प्रयास गर्छौं: गगन थापा

काठमाडौं/ नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार चयनलाई समावेशी र सन्तुलन गर्ने प्रयास भइरहेको बताएका छन्।

सोमबार बिहान सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी सभापति थापाले उम्मेदवार चयनमा न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको बताएका हुन्।

उनले भनेका छन्, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ। भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौं। यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’

सभापति थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताए। उम्मेदवार छनोटको अन्तिम चरणमा आइपुग्दा उनले केन्द्रबाट टिकट बाँड्ने परिपाटी नै गलत भएको तर अहिलेको विशिष्ट परिस्थितिले बाध्यता सिर्जना गरेको स्वीकार गरेका छन्।

उनले आफू तल्लो तहबाटै उम्मेदवार छानिनुपर्ने पक्षमा रहेपनि पार्टीको पुरानो विधानअनुसार १६५ वटै क्षेत्रबाट सिफारिस आइसकेकाले केन्द्रबाट निर्णय गर्नुपरेको बताए। उनले पार्टीभित्रको आन्तरिक विवाद र कानुनी झमेलाका कारण टिकट वितरणमा ढिलाइ भएको उनले बताए।

उनले भने, ‘जिम्मेवारी सम्हाले लगत्तै निर्वाचन आयोग धाउनुपर्ने अवस्था आएको र केही नेताहरूले चित्त नबुझेर कानुनी बाटो खोजेकाले समयको अत्यधिक चाप परेको छ। सबैलाई मिलाएर लैजाने प्रयासमा छौं। टिकट वितरणमा चित्त नबुझे पनि पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गर्दछु।’

निर्वाचन आयोग र अदालतको विषयले उम्मेदवार छनोट गर्न ढिलाइ भइरहेको समेत थापाको भनाइ छ।

‘पार्टीको जिम्मेवारीमा आएपछि लगातार निर्वाचन आयोग धाउनु परिरहेको छ । पार्टीका केही साथीहरूले चित्त बुझेन भनेर कानूनी परीक्षण खोजिरहनु भएको छ । कानूनी परीक्षण खोजिरहनु भएका साथीहरूलाई पनि समेटेर लैजाउँ भनेर हिजो साँझसम्म प्रयास थियो । त्यही भएर अहिले एकदमै समयको चाप बढेको छ,’ उनले भने, ‘हिजो साँझसम्म पनि पार्टीका नेताहरूको एकता गराउने संवाद र समझदारी गर्दा केही अफ्ठेरो भएको छ। हामी आज सबै कुरा टुङ्गो लगाउँछौँ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino