काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले दिएको राजीनामा पत्र महानगरको नगर कार्यपालिका बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिएको छ।
मेयर साहको राजीनामा पत्रपछि धन्यवाद ज्ञापनका लागि उपमेयर तथा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा ४६औँ नगर कार्यपालिकाको बैठक बसेको हो। बैठकको मुख्य कार्यसूचीमा मेयर साहको राजीनामा पत्र पेश गर्ने तथा त्यससम्बन्धी धन्यवाद ज्ञापन गर्ने विषय समेटिएको थियो।
बैठकमा उपमेयर डंगोलले मेयर साहद्वारा पेश गरिएको राजीनामा पत्र कार्यपालिका सदस्यहरूसमक्ष प्रस्तुत गर्दै जानकारी गराइन्। राजीनामा पत्र प्रस्तुत पश्चात् मेयर साहप्रति धन्यवाद ज्ञापन गर्दै बैठक सम्पन्न गरिएको महानगरपालिकाले जनाएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित