प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको मिति सारिने संकेत

काठमाडौं / फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय सार्ने तयारी गरिएको छ । दलहरूले समेत आग्रह गरेपछि निर्वाचन आयोग पनि समय पछि सार्नका लागि सकारात्मक देखिएको स्रोत बताउँछ ।

निर्वाचन आयोगका स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय सार्न माग गरेका छन् । दलहरूले माघ १५ देखि मसान्तसम्म समय सार्न आग्रह गरेको बताइएको छ । तर अहिलेसम्म आयोगले भने मिति सार्ने निर्णय गरिसकेको छैन ।

आयोगले दलहरूबाट आग्रह आएपछि यस विषयमा आन्तरिक छलफल गरिरहेको छ । नेपाली कांग्रेसमा समेत आधिकारिकताको विवाद चलिरहेको र विवाद अदालतसम्म पुगेकोले आधिकारिकता नपाउने पक्षलाई नयाँ दलको रूपमा दर्ता हुन समय चाहिने तर्क पनि गरिएको छ । सबैजसो प्रमुख दलबाट आग्रह आएमा बढीमा १ हप्तासम्म समय थप्ने बारेका आयोगमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino