कांग्रेस उपसभापति शर्मा उमेदवार नबन्ने भएपछि पाँचजनाको नाम केन्द्रीय समितिमा सिफारिस

झापा / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ ।

शुक्रबार बसेको कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको बैठकले पाँचजनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।

सिफारिस हुनेमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहेका छन् । पार्टीका तत्कालीन महामन्त्री एवम् वर्तमान उपसभापति शर्मा विसं २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । 

गत महिना पार्टी क्षेत्रीय समितिले उपसभापति शर्माको एकल नाम उमेदवारका रूपमा सिफारिस गरेको थियो । शर्माले यसपटक उमेदवार नबन्ने घोषणा गरेपछि पुनः नयाँ नाम सिफारिस गरिएको क्षेत्रीय सभापति बुढाथोकीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino