सहकारीको बेथिति छानबिन गर्न आयोग गठन

काठमाडौँ/सरकारले सहकारी क्षेत्रमा देखिएको बेथिति छानबिन तथा जाँचबुझका लागि उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा ‘सहकारीसम्बन्धी जाँचबुझ आयोग–२०८२’ गठन गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार नेपालमा मानव तथा बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट उक्त अनुदान प्राप्त हुन लागेको हो।

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा मोहम्मद सफिउल्लाहलाई मनोनयन गर्ने निर्णयसमेत गरेको मन्त्री खरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments