गगन थापाले भने : ‘कसैलाई काखापाखा नगरेर टिकट वितरण गर्छौँ, वैशाखमै नियमित महाधिवेशन पनि गर्छौं’ 

काठमाडौँ / नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताएका छन् ।

निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि थापाले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौँ । काँग्रेस पार्टी भृकुटी मण्डपमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि हो ।’

उनले थपे, ‘टिकट वितरणमा कसैले हारेको महसुस गर्नुपर्दैन । जित र हारको रूपमा लिएर जाने अवस्था सिर्जना हुँदैन । कसैलाई प्रतिशोध राखिँदैन ।’

सभापति थापाले यसअघि तोकिएअनुसार वैशाखमै नियमित महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments