टेलिकम बनेपा र पनौती नगरपालिकाबीच एफटीटीएच सेवा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काभ्रेपालञ्चोक / पनौती नगरपालिकाका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, अस्पताल, शहरी स्वास्थ्य केन्द्र तथा नगरभित्रका सबै विद्यालयमा नेपाल टेलिकमको एफटीटीएच (फाइबर टु द होम) कर्पोरेट सेवा प्रयोग गर्ने विषयमा नेपाल टेलिकम बनेपा र पनौती नगरपालिकाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

Lahachhap

समझदारीपत्रमा पनौती नगरपालिकाका तर्फबाट नगर प्रमुख रामशरण भण्डारी र नेपाल टेलिकम बनेपाका प्रमुख ई. जगदीश लेखकबीच हस्ताक्षर भएको हो।

उक्त सम्झौतापछि नगरपालिकाअन्तर्गतका कार्यालय तथा शैक्षिक–स्वास्थ्य संस्थामा उच्च गतिको, भरपर्दो र सुरक्षित इन्टरनेट तथा सञ्चार सेवा विस्तार हुने अपेक्षा गरिएको छ।

नगर प्रमुख भण्डारीले डिजिटल सुशासन, प्रविधिमैत्री सेवा प्रवाह तथा शैक्षिक र स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोगका लागि यो सम्झौता महत्वपूर्ण हुने बताए।

नेपाल टेलिकम बनेपाका प्रमुख लेखकले पनि पनौती नगरपालिकाका सरकारी तथा सार्वजनिक संस्थालाई गुणस्तरीय कर्पोरेट इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

सम्झौतासँगै पनौती नगरपालिकामा डिजिटल पूर्वाधार सुदृढ भई सेवा प्रवाह छरितो, प्रभावकारी र प्रविधिमैत्री हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments