काभ्रे डजबल संघको प्रथम अधिवेशन सम्पन्न, रामचन्द्र देउजा अध्यक्षमा निर्वाचित

काभ्रेपलाञ्चोक/ काभ्रे डजबल संघको प्रथम अधिवेशन तथा साधारण सभा हालै सम्पन्न भएको छ। अधिवेशनबाट रामचन्द्र देउजा संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ।

यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा सुविन मानन्धर, उपाध्यक्षमा उत्तम सापकोटा र प्रितम गंगाई, सचिवमा ओम कृष्ण श्रेष्ठ, सह–सचिवमा साजन घिमिरे, कोषाध्यक्षमा विजय मुस्याजु, सह–कोषाध्यक्षमा खेम थापा र सदस्यहरूमा दिपेन्द्र बिष्ट, मदन ढुङ्गाना, मिलन आचार्य, स्वेजल श्रेष्ठ, नेत्र बडाल, जनक तामाङ र दिपा बिष्ट चयन भएका छन्।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य प्रमुख अतिथि तथा काभ्रे जिल्ला खेलकूद विकास समितिका अध्यक्ष मानवीर वाइवा विशेष अतिथि रहेका थिए।

सभामा स्वागत मन्तब्य प्रस्तुत गर्दै बागमती प्रदेश डजबल संघका अध्यक्ष महेन्द्र विष्टले विद्यार्थीहरूलाई फुटबल र भलिबल जस्तै डजबल खेलको महत्वबारे सिकाउन आवश्यक रहेको बताएका थिए।

Lahachhap
Lahachhap

त्यसैगरी, प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले शुरूमै डजबल के हो भनेर थाहा नभएको स्मरण गर्दै, खेलको विकासका लागि आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा जिल्ला बचत संघका सचिव राजन अधिकारीले खेलकूदको महत्व र नेपालमा हाल विकासको क्रममा रहेको डजबल खेलबारे सबैमा जानकारी दिन आवश्यक रहेको बताए।

अधिवेशन संघका कार्यवाहक अध्यक्ष रामचन्द्र देउजाको सभापतित्वमा सम्पन्न भएको थियो।

नयाँ कार्यसमितिले आगामी दिनमा जिल्लामा डजबल खेलको प्रचार–प्रसार, प्रशिक्षण कार्यक्रम, र प्रतियोगिता आयोजना गरी खेलको स्तर उकास्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments