सहकारीको विगत वर्षको उपलब्धि र भविष्यका योजना छलफल, विविध प्रतिनिधिहरूको उपस्थितिमा सभा सम्पन्न
काभ्रेपलाञ्चोक/ नेपाल निजामती कर्मचारी संगठनको संरक्षकत्वमा सञ्चालित राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाको १५औं साधारणसभा हालै सम्पन्न भएको छ। सहकारीका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहाल प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा सहकारीको विगत वर्षको वित्तीय प्रतिवेदन, सदस्यहरूका लागि उपलब्ध सुविधाहरू, लगानी योजना र आगामी वर्षका रणनीतिहरूको विस्तृत समीक्षा गरिएको थियो। सहकारीको संचालन, पारदर्शिता र सदस्य सेवामा भएका सुधार र उपलब्धिहरूलाई सभामा विशेष रूपमा प्रस्तुत गरिएको थियो।
सहकारीका पदाधिकारीहरूले आगामी वर्षमा सदस्यता वृद्धि, लगानी अवसर विस्तार र डिजिटल प्रणालीमार्फत सेवा प्रवाहमा जोड दिने योजना सार्वजनिक गरेका छन्।
सभामा केन्द्रीय उपमहासचिव कमला दाहाल, संगठन बागमती प्रदेश सह–इन्चार्ज पुरुषोत्तम दाहाल, केन्द्रीय सचिवालय सदस्य एवं सहकारी विभाग सचिव सुनिल लम्साल, केन्द्रीय सचिवालय सदस्य एवं सहकारी विभाग सदस्य भवानी हुमागाई सापकोटा, पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य सरिता सापकोटा, संगठन काभ्रेका निवर्तमान अध्यक्ष सरोज थापा, स्वास्थ्यकर्मी संघबाट सन्दिप के.सी. लगायतका गणमान्य व्यक्तिहरूको उपस्थिती रहेको थियो।
साधारणसभामा सहभागीहरूले सहकारीमार्फत सदस्यहरूको आर्थिक सुरक्षा र सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउन सुझाव र विचार व्यक्त गरेका थिए।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित