नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय  रहेको ‘चु ल्हुई’ सार्वजनिक

काठमाडौ/ गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ ।  म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रका स्थापित तथा लोकप्रिय नायक एंव मोडल हुत्त सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको छ ।  गीतलाई एच एम एम मिडियाको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।  

जसमा निर्देशक तथा कोरियोग्राफर विक्रम लुङ्बाको उत्कृष्ट निर्देशन र प्रज्वल राउतको सिनेमाटोग्राफी प्रष्ट झल्किन्छ। पछिल्लो समय एकपछि अर्को  गीत पस्कँदै आएकी गायिका सुस्मिताको स्वरले यस गीतलाई छुट्टै उचाइ दिएको छ ।

विवेक लोप्चनको शब्द र सङ्गीत रहेको यस गीतमा सानुबाबु घिसिङको एरेन्ज रहेको छ । पारिजात नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई कार्साङ लामा ( दोङ) ले मिक्सिङ र मास्टरिङ गरेका हुन् भने मेक बहादुर थापाले सम्पादन र कलर ग्रेडिङ, नरेश खरेलको मेकअप  मार्फत भिडियोलाई निकै स्तरीय बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments