जिल्ला प्रशासनको निर्माणाधीन भवनको कोठामा जलेको अवस्थामा पुरुषको शव फेला

काभ्रेपलाञ्चोक/धुलिखेल नगरपालिका–७ स्थित सञ्जिवनी चोकमा रहेको जिल्ला प्रशासन कार्यालयको पुरानो भवन परिसरभित्र निर्माणाधीन तीनतले भवनको कोठामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

Lahachhap

प्रहरीका अनुसार मिति २०८२ साल पुस २८ गते राति करिब १ बजे उक्त भवनको दोस्रो तल्लामा रहेको खुला कोठाभित्र करिब ४५ वर्ष उमेरको देखिने पुरुष मृत अवस्थामा रहेको भन्ने खबर दिउँसो १ बजे प्राप्त भएको थियो। मृतकको हालसम्म नाम, थर र वतन खुल्न सकेको छैन।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी निरीक्षक वेदनारायण श्रेष्ठको कमाण्डमा एसओसीओ सहितको टोली घटनास्थलमा खटिएको थियो।

टोलीले घटनास्थल मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गर्दा मृतकको शरीरका विभिन्न भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments