कांग्रेस विशेष महाधिवेशन

देउवा नेतृत्वको वर्तमान केन्द्रीय समिति विघटन हुने, नयाँ चयनका लागि निर्वाचन [कार्यविधिसहित]

काठमाडौं/ नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गर्ने भएको छ ।

भृकुटीमण्डपमा सोमबार शुरू भएको बन्दशत्रको शुरूआतमा पारित भएको कार्यविधिमा सो विषय उल्लेख छ ।

‘नेपाली कांग्रेसको चौधौं महाधिवेशन २०७८ (मंसिर २४ देखि २८)बाट निर्वाचित मौजुदा केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५ औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय समितिको निर्वाचन गर्ने,’ बुँदा नम्बर ५ (घ) मा भनिएको छ ।

कार्यविधिमा नयाँ केन्द्रीय समिति निर्वाचनको विषय समेत समावेश छ ।

हेर्नुहोस्, थप प्रस्ताव:

– नेपाली कांग्रेसको चौधौं महाधिवेशनपश्चात नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति समेतको विघटन ।

– विशेष केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ बमोजिम एक (१) जना संयोजकसहित पाँच (५) सदस्यीय निर्वाचन समिति गठन ।

– विशेष केन्द्रीय महाधिवेशनले गरेको निर्णय प्रमाणित गर्नका लागि संयोजकसहित ५ सदस्यीय निर्णय प्रमाणीकरण समिति गठन ।

– केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्य सम्पादन समितिले गरेका निर्णयहरूको पुनरवलोकन, सुधार र आवश्यक देखिएमा उक्त समितिका निर्णयहरू निष्क्रिय तथा खारेजी ।

– मिति २०८२ पुस २७ र २८ गते बोलाइएको विशेष केन्द्रीय महाधिवेशन वैधानिक रहेको भनी अनुमोदन ।

कार्यविधिको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments