बारा/बाराको निजगढ नगरपालिकास्थित निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालमा आयोजित निःशुल्क आँखा शिविरमा तीन दिनको अवधिमा ७ हजार जनाको आँखा परीक्षण तथा १ हजार २९१ जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।
बारा, पर्सा, रौतहट तथा सर्लाही जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका निःशुल्क आँखा शिविरमार्फत मोतिविन्दुका बिरामी पहिचान गरी उपचार सेवा प्रदान गरिएको हो।

उक्त कार्यक्रम अपरेशन रिजोइस सिङ्गापुरको सहयोगमा, तिलगंगा आँखा प्रतिष्ठान र निजगढ तिलगंगा आँखा अस्पतालको आयोजनामा सम्पन्न भएको हो। तिलगंगा आँखा प्रतिष्ठानकी कार्यकारी अधिकृत डा. रीता गुरुङको नेतृत्वमा सो शिविर संचालन भएको हो ।
निजगढ तिलगंगा आँखा अस्पतालले निजगढमा हाल नियमित आँखा परीक्षण, शल्यक्रिया सेवा, चश्मा तथा औषधि वितरणका साथै सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित