काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र

काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् । जसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला तथा अन्य दुई मतदाता रहेका छन् ।

काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७७३, महिला ७७ हजार ३२६ र अन्य एक मतदाता रहेका छन् ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७२६, महिला ८१ हजार ७८४ र अन्य एक मतदाता रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदान स्थलमा ४०० मतदान केन्द्र कायम गरिएका छन् । जिल्लाको १३ स्थानीय तहमा १३५ वडा छन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा १९० मतदान केन्द्र तथा ३८९ मतदान केन्द्र कायम गरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments