बागमती मन्त्रिपरिषद बैठकः दुई समिति गठन आदेश पारित

बैठकले प्रदेशमा विपन्न नागरिक आकस्मिक उपचार सेवाका लागि रक्तसञ्चार सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

मकवानपुर / बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले दुई वटा समिति गठन आदेशलाई पारित गरेको छ । सो बैठकले पारित गरेको समिति गठन आदेश मध्ये नव बुद्धपार्क क्षेत्र विकास समिति र त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति रहेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताउनुभयो ।

सोही बैठकले प्रदेशभित्र सञ्चालनमा रहेको सवारी साधनको केही दस्तुर, कर र जरिवाना छुट दिने निर्णय गरेको छ । बैठकले प्रदेशमा विपन्न नागरिक आकस्मिक उपचार सेवाका लागि रक्तसञ्चार सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

साथै बैठकबाट रामेछाप जिल्लाको सुनापारी गाउँपालिका–४ को वडा विभाजनसम्बन्धी प्रस्तावलाई पनि स्वीकृति प्रदान गरेको छ । यसैगरी बागमती प्रदेशको मन्त्रिपरिषद् कार्यालयमा जीवराज बस्याल र गीता हुमागाईलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी तथा सदस्यद्वय यतिराज सापकोटा र यज्ञराज दाहालले दिनुभएको राजीनामा स्वीकृत गरिएको सरकारका प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments