काठमाडौँ/वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा केफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
विभागका अनुसार शक्ति मार्बल्स ललितपुर एकान्तकुनालाई रु २० हजार जरिवाना गरेको छ ।
यस्तै, आर के ब्रदर्श ललितपुर हात्तीवनलाई रु १५ हजार जरिवाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐको दफा ३९ १ ‘क’ अनुसार ती फर्मलाई कारबाही गरिएको हो ।
अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ । विभागले नियमितजसो बजार अनुगमन गर्दै कालोबजारी नियन्त्रण र स्वच्छता कायम राख्दै आएको छ ।
स्थानीय प्रशासन, जनप्रतिनिधि समेतको सहकार्यमा बजार अनुगमन तथा निरीक्षण जारी रहने विभागको दाबी छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित