रोकिएको काम कारवाही सुरु गर्न भूमि समस्या समाधान आयोगको निर्देशन

काठमाडौँ / भूमि समस्या समाधान आयोगले रोकिएको काम कारवाही सुरु गर्न निर्देशन दिएको छ । बुधबार आयोगले ७७ वटै जिल्ला समितिहरूलाई  प्रचलित कानुनअनुसार कामकारबाही सुरु गर्न निर्देशन दिएको हो । 

मन्त्रिपरिषद्को गत असोज २३ गते बसेको बैठकले भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा सर्वोच्चले सरकारको निर्णय बदर गरिदिएको थियो । 

यससँगै भूमि समस्या समाधान आयोगले आयोग गठन आदेश, २०८१ तथा प्रचलित नियमअनुसार कामकारबाही सुरु गर्न भनेको हो ।

हेर्नुहोस् निर्देशनः

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments