हिमालयन लाइफ इन्स्योरेन्सद्वारा ‘मृत्युदाबी भुक्तानी’ हस्तान्तरण

भुक्तानी हस्तान्तरण गर्दै शाखा प्रबन्धक सचिन केसीले जीवन बीमाको मुख्य उद्देश्य नै जोखिम हस्तान्तरण भएको स्पष्ट पार्दै, बीमा गरिसकेपछि दाबी पाउनु कुनै असाधारण कुरा नभई त्यसैका लागि जीवन बीमा आवश्यक भएको बताएका छन् ।

  • इरिना तिमल्सिना

ललितपुर / हिमालयन लाइफ इन्स्योरेन्सको चापागाउँ शाखाले विमित स्वर्गीय चण्डिका श्रेष्ठको निधनपश्चात परिवारलाई मृत्युदाबी भुक्तानी हस्तान्तरण गरेको छ।

भुक्तानी हस्तान्तरण गर्दै शाखा प्रबन्धक सचिन केसीले जीवन बीमाको मुख्य उद्देश्य नै जोखिम हस्तान्तरण भएको स्पष्ट पार्दै, बीमा गरिसकेपछि दाबी पाउनु कुनै असाधारण कुरा नभई त्यसैका लागि जीवन बीमा आवश्यक भएको बताएका छन् । केसीले जीवन बीमा भविष्यको सपना र बचतको लागि गरिने भएपनि बीचमा कुनै अकल्पनीय घटना घटेमा बीमाले परिवारलाई सहारा दिने कुरा प्रस्ट्याए ।

इन्स्योरेन्स कम्पनीका अनुसार बीमा परिपक्क भइसकेपछि बीमाङ्क र बोनस एकमुष्ट दिने प्रावधान छ। यधपी धेरैले यसलाई प्रचारको बिषय बनाउने गरेकाले बिमित परिवारको निजि जीवन र गोपनियतालाइ मध्यनजर गरि तामझाम र तालीबिना नै पाउनु पर्ने भुक्तानी सहजै पाइन्छ भन्ने सन्देश दिन खोजिएको प्रबन्धक केसीको भनाइ छ।

गोदावरी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष निल बहादुर देसार, कार्यालय सञ्चालन इन्चार्ज विजय लामा ,एजेन्सी म्यानेजर एमडिआर रविन्द्र तिमल्सिना, एमडिआर सृष्टि बस्नेत लगायतको उपस्थितिमा परिवारलाई रकम हस्तान्तरण गरिएको हो।

मृतकका परिवारले पनि जीवन बीमा परिपक्क भइसकेपछि आफ्नो इच्छाअनुसार केही राम्रो काम गरौँला भन्ने उद्देश्यले बीमा गरिएको भएतापनि, बीचमै मृत्युदाबी लिनुपर्दा दुःख लागेको अनुभूति व्यक्त गरे ।

हिमालयन लाइफ इन्स्योरेन्स चापागाउँ शाखाले बिना झन्झट छोटो समयमा दाबी भुक्तानी गरिदिएकोमा प्रसंशा गर्दै परिवारका सदस्यले बीमाबाट भुक्तानी लिन झन्झट हुन्छ भन्ने हल्लामा अब विश्वास गर्न नपर्ने सन्देश दिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments