म नेपाली :

नेपाल स्कटल्याण्ड एसोसियसनमा कमलाको नेतृत्व

सन् २०१७ देखि एसोसियसनमा आवद्द उनि महिला सशक्तिकरण र नेपाली कला संस्कृतिको प्रवर्द्धनमा क्रियाशील अभियन्ता हुन्।

काठमाडौँ / नेपाल स्कटल्याण्ड एसोसियसनको अध्यक्षमा कमला श्रेष्ठ निवार्चित भएकी छिन्। एसोसियसन स्कटल्याण्डमा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो संस्था हो।

वर्ष २०२५ देखि २७ सम्मका लागि अध्यक्षमा चुनिएकी श्रेष्ठ उक्त संस्थाको पहिलो निर्वाचित महिला अध्यक्ष हुन्। गैरआवासीय नेपाली संघ, संयुक्त अधिराज्य (युके) को वर्तमान उपाध्यक्षसमेत रहेकी उनि स्कटल्याण्डमा बसेर व्यवासय तथा सामाजिक कार्यमा व्यस्त छिन्।

अध्ययनको सिलसिलामा सन् २००४ मा बेलायत गएकी कमला गायिका तथा मोडेलसमेत हुन्। गित संगीत र कलाकारितासंगै पर्यटन व्यवसायमा संलग्न श्रेष्ठ परोपकारी काममा पनि उत्तिकै सक्रिय छिन्। लोकदोहोरी र मोडलिंङमार्फत नेपाली समुदायमा परिचित उनि परोपकारी कामले समेत स्थापित भएकी छिन्।

सन् २००४ मा स्थापित भएको नेपाल स्कटल्याण्ड एसोसियसनका अन्य पदाधिकारी एवं सदस्यहरुको भने नत्तिजा आइसकेको छैन। नेपाली समुदायको हकहितमा क्रियाशील श्रेष्ठको अध्यक्षतामा पूर्ण कार्यसमितिको मतगणना भैरहेको छ। छिट्टै समितिले पूर्णता पाउने बताइएको छ। यस अघि उनी उक्त संस्थाको उपाध्यक्ष पदमा रही काम गरेकी छन ।

सन् २०१७ देखि एसोसियसनमा आवद्द उनि महिला सशक्तिकरण र नेपाली कला संस्कृतिको प्रवर्द्धनमा क्रियाशील अभियन्ता हुन्। च्यारिटी संस्थाको रुपमा सेवाभावले संचालित एसोसियसनले नेपालका बिभिन्न स्थानमा बिद्यालय निर्माण गर्नुका साथै अत्यावश्यक भएका ठाउँमा आर्थिक एवं भौतिक सहयोग गर्दै आइरहेको छ।

एनआरएन अभियानसंगै हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चरमा समेत सक्रिय श्रेष्ठलाइ एनआरएन युकेका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेले खुशी साट्दै बधाई दिएका छन्। साथै हिमालयन कल्चरका अध्यक्ष मनिष श्रेष्ठले स्कटल्याण्डको पहिलो नेपाली संस्थाको पहिलो अध्यक्ष भएकोमा श्रेष्ठलाइ बधाई तथा शुभकामना दिएका छन्।

स्कटल्याण्डमा अध्ययन तथा रोजगारीका लागि बसोबास गर्ने नेपालीको विश्वास र मायाले आफु अध्यक्षमा निर्वाचित भएकोमा सबैलाई आभार व्यक्त गर्दै आफूप्रतिको आशा र भरोशामा सदैव प्रतिवद्ध रहेको उनले बताइन। आफु सधैं महिला शसक्तिकरणमा क्रियाशील रहेकाले महिला हकहित र समानताका लागि आवाज बुलन्द गरिरहने उनको प्रतिवद्धता छ।

युके तथा स्कटल्याण्डमा नेपाली कला संस्कृति, पर्यटन प्रवर्द्धन तथा नेपाली समुदायका हरेक गतिबिधिमा संलग्न उनले नेतृत्व सम्हालेको संस्था नेपाल स्कटल्याण्ड एसोसियसनले थप सृजनात्मक हिसाबले सामाजिक क्रियाकलाप संचालन गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments