पनौती-१२ रोशीको ढुंगाखानीमा पहिरोले पुर्दा एक्स्काभेटर अपरेटरको मृत्यु, एक घाइते

मृतक एक्स्काभेटर अपरेटर खानीखोला गाउँपालिका वडा नं २ घर भई हाल पनौती नगरपालिका वडा नं ९ स्थित सुन्थानमा बस्दै आएका अन्दाजी ३५ वर्षीय रामबहादुर तिमल्सिना रहेका छन्

काभ्रेपलाञ्चोक/ मंगलबार साँझ ५ः३० बजे काभ्रेको पनौती नगरपालिका वडा नं १२ स्थित रोशीको रुसी ढुंगा खानीमा ढुंगा उत्खनन गर्ने क्रममा पहिरो झरेर एक्स्काभेटरसमेत पुरिँदा अपरेटरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार, मृतक एक्स्काभेटर अपरेटर खानीखोला गाउँपालिका वडा नं २ घर भई हाल पनौती नगरपालिका वडा नं ९ स्थित सुन्थानमा बस्दै आएका अन्दाजी ३५ वर्षीय रामबहादुर तिमल्सिना रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

शाहका अनुसार, सोही पहिरोमै पुरिएर टिपर चालक पनौती नगरपालिका वडा नं १२ का अन्दाजी ३५ वर्षीय ईश्वर गुरुङ घाइते भएका छन् । उनलाई उद्धार गरेर उपचारको लाग बनेपास्थित शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल पठाइएको प्रहरी प्रमुख शाहले जानकारी दिए । घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments