जनस्वास्थ्यका बिषयमा धुलिखेलमा अन्तरक्रिया

अन्तरक्रियामा जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपतिले नेपालको स्वास्थ्य अवस्थामा बागमती प्रदेश र काभ्रेपलाञ्चोक जिल्लाको स्थितीका बारेमा जानकारी गराइन ।

काभ्रेपलान्चोक / जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा क्रियाशील संचारकर्मीसँग कार्यालयद्वारा सम्पादित बार्षिक कृयाकलापहरु बारे अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपतिले नेपालको स्वास्थ्य अवस्थामा बागमती प्रदेश र काभ्रेपलाञ्चोक जिल्लाको स्थितीका बारेमा जानकारी गराइन । बागमती प्रदेशमा काभ्रेपलाञ्चोक जिल्ला स्वास्थ्य सुचकांकका हिसाबले अग्र स्थानमा रहेको उनको भनाइ थियो।

स्वास्थ्य सेवामा सुधार ल्याउन तीन तहका सरकारको समन्वय र सहकार्यमा विशेषगरी सर्ने भन्दा नसर्ने रोगको न्यूनीकरण र रोग लाग्नै नदिने विषयमा सचेतना फैलाउनु पर्ने उनले बताईन् ।

जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले काभ्रेपलाञ्चोक जिल्लामा संचालन भएका विभिन्न कार्यक्रमहरुमा भएको प्रगति र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । जिल्लामा रेविजको महामारी रहेको तर रेविजका लागि आवश्यक पर्ने खोप लगायतका सेवाको अभाव रहेको छ ।

पत्रकारसंग सात्क्षात्कार गर्दै जनस्वास्थ्य प्रमुख कक्षपतिले सामुदायिक कुकुर ब्यवस्थापनमा स्थानीय तहसँग समन्वय गरिरहेको जानकारी दिइन। जनस्वास्थ्य प्रमुख रागिश्री कक्षपतिले बताईन् । मानिसका व्यस्त जीवनशैली र फेरिँदो रहनसहनका कारण समाजमा स्वास्थ्य समस्या बढ्दै गएको र सेवाको पहुँच बढाउँन आफु महातातका निकाय सक्रिय रहेको उनको भनाइ छ।

आर्थिक वर्ष २०८२/२०८३ का नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउँदै जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले नेपालमा प्रजनन दरको अवस्था, प्रसुतीको अवस्था, खोप तथा रोगहरुको अवस्थाका बारेमा जानकारुी गराउँदै कुल सुत्केरीको ७.२७ प्रतिशत २० वर्ष मुनिका बालिकाहरु रहेको बताए । अस्पतालको तथ्यांकमा ५० प्रतिशत जति अप्रेसन मार्फत सुत्केरी हुने गरेको तथ्यांक छ भने ८७ प्रतिशत सुत्केरीहरु स्वास्थ्य प्रदायक संस्थामा हुने गरेको उनले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष बिनोदकुमार न्यौपानेकोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लामा सक्रिय संचारकर्मीहरुको सहभागिता रहेको थियो । छलफलमा निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पुर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायतले स्वास्थ्य पहिलो र मेरो अधिकारका रुपमा लिँदै कार्यक्रमहरु अघि बढाउनु पर्ने बताए ।

मानसिक स्वास्थ्य प्रर्वद्धन कार्यक्रम, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि, सबै नीतिमा स्वास्थ्य, स्वास्थ्यमा प्रविधिकरण, प्रदेश स्वास्थ्य सहजर्ता कार्यक्रम, योग, ध्यान, प्राणायम तथा प्रदेश योग समिति गठन, एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, एक जिल्ला, एक स्वस्थ सहर कार्यक्रम, अस्पतालहरुमा विशेषज्ञ सेवाहरुको विकास र विस्तार, सुशासन लगायतका कार्यक्रमहरु प्राथमिकतामा रहेको प्रमुख कक्षपतिले बताईन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments