काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर सभाको १८ अधिवेशन पुस ११ गतेका लागि आव्हान भएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ४४ औँ कार्यपालिका बैठकले नगर सभाको अधिवेशन मिति तोकेको हो ।
बैठकमा प्रशासन, पूर्वाधार निर्माण, वातावरण, सूचना प्रविधि, अन्तरराष्ट्रिय सम्बन्ध, कानुन तथा मानव अधिकार, महानगर प्रहरी बल, राजस्व, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सम्पदा तथा पर्यटन र सहकारी क्षेत्रका ३० वटा प्रस्ताव र विविधमा २ वटा विषयमाथि छलफल र निर्णय भए ।
कार्यपालिका पूर्ण वैठकको भिडियो यहाँ हेर्न सकिन्छ:
बैठकबाट निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयहरुलाई निकासा दिने, विद्यालय र हातको सौन्दर्य अभिवृद्धि गर्न विद्यालयहरुलाई अनुदान प्रदान गर्ने, नेपाल भाषाको पाठयक्रम स्वीकृत तथा पाठयपुस्तक संशोधन, १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म भेरिएसन भएका विभिन्न पूर्वाधार योजनाहरुको अनुमोदन गर्ने लगायत निर्णय भएका छन् ।
यसै गरी दृष्टिविहिन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही १ लाख रुपियाँ र टोलीका अन्य सदस्यलाई ५० हजार रुपियाँका दरले नगदसहित सम्मान गर्ने निर्णय भएको छ ।

श्री पारसनाथ महादेव तथा आनन्द भैरव मन्दिर, ज्ञानेश्वर व्यवस्थापन समिति कार्यविधि २०८२, बाल कोष परिचालन मापदण्ड २०८२ स्वीकृत गरिएको छ ।
यस्तै रचनात्मक सहर सञ्जाल कार्यविधि, संशोधनसहित स्वीकृत भएको छ ।
सहकारी ऐन २०७४ संशोधनका लागि र सूचना प्रविधि कार्यविधि तर्जुमा गर्नका लागि सैद्धान्तिक सहमति दिएको छ । वैठकमा महानगर प्रहरी ऐन संशोधन, महानगरबासीलाई निःशुल्क रक्त पदार्थ उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ पुष ५ गते