काठमाडौँ / नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा ५ काभ्रेली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
बिहिबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार, केन्द्रीय सदस्यमा खुलातर्फ पूर्व पोलिट्व्युरो सदस्य गोकूलप्रसाद बास्कोटा र अशोककुमार व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । बास्कोटा सचिव पदमा भने पराजित भएका छन् । एमाले बाग्मती प्रदेश सदस्य एवं काभ्रेका पूर्व अध्यक्ष व्याञ्जु खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)का पुर्व अध्यक्ष समिक बडाल बाग्मती भूगोल खुला तर्फ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
राष्ट्रिय युवा संघ नेपालका पुर्व उपाध्यक्ष अमित लामा आदिवासी जनजाति खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पूर्व सांसद रुक्मिणी राना बराइली समावेशी दलित महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भइन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पूर्व केन्द्रीय सदस्य नविना लामा, कञ्चन अधिकारी, जेन लामा (जेनिश) भने निर्वाचित हुन सकेनन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित