एमाले पदाधिकारी निर्वाचित

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी हुनुभएको छ ।

त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी हुनुभएको छ ।

त्यसैगरी, सचिव महेश बस्नेतले १५४४मत, छविलाल विश्वकर्माले १५०६मत, पद्माकुमारी अर्यालले १५३०मत , शेरधन राईले १५०३मत , हिक्मतकुमार कार्कीले १३३७मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments