काठमाडौँ / नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदान समय आज बिहान ८ बजेका लागि तोकिएको छ ।
मंगलबार बिहान १० बजेपछि मतदान तालिका सर्दै साँझ लाइन बसेका प्रतिनिधिहरू २ घण्टा लाइन बसेपछि मतदान स्थगित भएको थियो । उनीहरू राति मतदान स्थगित भएको सूचनापछि बासस्थल गएका थिए । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने गरी मतदान स्थगित गरिएको नेकपा एमालेले जनाएको छ ।
मतदानका लागि तयार पारिएको विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएपछि मतदान आजलाई सरेको हो ।
एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्यानल नै निर्माण गरेर निर्वाचनमा होमिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित