२ सय र ५ सय दरका भारतीय रुपैयाँ नेपालमा चल्ने भयो

काठमाडौँ /सरकारले २ सय र ५ सय दरका भारतीय रुपैयाँ नेपालमा चलाउन अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले सन् २०१६ नोभेम्बरदेखि निष्कासित भएका भारु २०० तथा ५०० दरका नोट नेपाल ल्याउन तथा भारत लैजान खुला गरेको हो ।

दुवै देशका नागरिकले प्रतिव्यक्ति २५ हजारसम्म ल्याउन तथा लैजान पाउनेछन् । यसअघि भारतीय रुपैयाँ १ सयका नोट मात्रै बोक्न सरकारले अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments