साहित्यकार अम्बिका धितालद्वारा मातापिताको स्मृति र सम्मानमा स्थापित पुरस्कार पहिलोपटक प्रदान गरिएको हो ।
काभ्रेपलाञ्चोक / यहाँको बनेपास्थित शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसी (भोजपुर)लाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ अर्पण गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा शब्दयात्राले नेपाली वाङ्मय उत्थान गर्ने क्रममा ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’, ‘पाहुर’जस्ता लघुकथा सङ्ग्रहका माध्यमबाट लघुकथा विधामा योगदान दिएकामा उहाँलाई उक्त पुरस्कार अर्पण गरेको जनाइएको छ ।
साहित्यकार अम्बिका धितालद्वारा मातापिताको स्मृति र सम्मानमा स्थापित पुरस्कार पहिलोपटक प्रदान गरिएको हो । त्यस अवसरमा शब्दयात्राले मुरहरि रायमाझी, प्रकाशबहादुर कायस्थ, दामोदर घिमिरे, शारदा घिमिरे भैल र दण्डपाणि अधिकारीमा विद्वतवृत्ति, तुलसी गिरी कृष्ण किसी र पत्रकार शुभराज अधिकारीमा कदरपत्रसमेत प्रदान गरेको छ ।
यस्तै, प्रभा अधिकारी, सबिना योन्जन र रोजिना बम्जनमा छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा डा इन्दुल केसी र केदारनाथ तिमल्सिनाका कृतिहरू पनि सार्वजनिक गरिएको संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो । -रासस
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित