हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश

काठमाडौँ / सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न आदेश दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि त्यसका विरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए ।

उक्त रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको हो । 

यससँगै कुलमानलाई धक्का पुगेको छ । उनले मन्त्री भएर प्रतिशोध साँधेको भन्दै मन्त्रालय तथा प्राधिकरणमै आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments