डिएमसीले विपद्का कारण एक हजार २८९ घरहरू ध्वस्त भएको र ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति भएको जनाइएको छ ।
कोलम्बो (रासस/ सिन्ह्वा) : श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले बिहीबार जनाएको छ ।
केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन्, भने राष्ट्रव्यापी रूपमा चार लाख ५५ हजार ४०५ परिवारका १६ लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । डिएमसीले विपद्का कारण एक हजार २८९ घरहरू ध्वस्त भएको र ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति भएको जनाइएको छ ।
कृषि सेवा विभाग अन्तर्गतका एक हजार ७७७ वटा ट्याङ्की, ४८३ वटा बाँध, एक हजार ९३६ वटा नहर र ३२८ वटा सडक क्षति ग्रस्त भएको जनाइएको छ ।
यसै विच चिनियाँ नेताहरूले श्रीलङ्कामा आएको विनाशकारी बाढी प्रति शोक व्यक्त गरेका छन् भने श्रीलङ्काको अनुरोधमा चीनले श्रीलङ्कालाई नगद अनुदान र लाइफ ज्याकेट, टेन्ट लदगायतका आपूर्ति सहित आपतकालीन मानवीय सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
एसियाली विकास बैंकले श्रीलङ्कालाई आपतकालीन अवस्थामा सहयोग गर्न तीस लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित